६ आश्विन २०८०, शनिबार

बझाङको छबिस पाथिभेरा गाउँपालिकामा ३ दिने आँखा शिविर सम्पन्न , १ हजार बढीले गराए आँखा चेकजाँच
बझाङ – मंसिर २१ !
बझाङको छबिस पाथिभेरा गाउँपालिकामा ३ दिने आँखा शिविर सम्पन्न भएको छ । मंसिर १९ गतेदेखि छबिस पाथिभेरा गाउँपालिकाको आँखा उपचार केन्द्र र गेटा आँखा अस्पताल संगको सहकार्यमा सुरु भएको आँखा शिविर बुधबार सम्पन्न भएको हो । शिविरबाट १ हजार बढीले आँखा चेकजाँच गराएको छन्
शिविरबाट पहिलो दिन मंसिर १९ सोमबार छबिस पाथिभेरा गाउँपालिका– ६ को बाठपाली माध्यमिक विद्यालयमा, भएको शिविरमा ५ सय ५२ जनाले आँखा चेकजाँच गराएका छबिस पाथिभेरा गाउँपालिका प्रवक्ता तथा वडा नम्बर १का वडाअध्यक्ष करनजंग बहादुर सिंहले बताउनुभयो ।
प्रवक्ता सिंहका अनुसार दोस्रो दिन मंगलबार शान्ति माध्यमिक विद्यालय चौघानपाटामा भएको शिविरमा ४ सय ३२ जनाले र तेस्रोदिन आज बुधबार जनप्रीय माध्यमिक विद्यालय बगडगाउँमा भएको शिविरमा ४ सय ८० जनाले आँखा चेकजाँच गराएका हुन् ।
जम्मा १ हजार ४ सय ६४ जना विद्यार्थीले आँखा परिक्षण गरेका हुन् । चेकजाँच गराएका मध्ये ३१ जनालाई चस्मा वितरण गरिएको हो ।
