बास नेपाल बझाङद्वारा हाजिर जवाफ कार्यक्रम सम्पन्न

सेयर गरौं

टेकेन्द बाेहरा बझाङ ।

बागेश्वरी असल शासन क्लब (बास नेपाल) बझाङ शाखाकाे आयाेजना र जयपृथ्वी नगरपालिका शिक्षा र सामाजिक विकास कार्यालयकाे आर्थिक सहयोगमा हाजिर जवाफ प्रतियाेगिता सम्पन्न सम्पन्न भएकाे छ।
आज एक कार्यक्रमका विच अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस तथा बास नेपालको २२ औँ बार्षिकोत्सवको अवसरमा सदरमुकाम चैनपुरमा रहेको मेरिगाेल्ड ईङ्लिस बाेडिङ स्कुलमा हाजिरीजवाफ प्रतियोगीतामा सम्पन्न भएकाे हाे ।
शुक्रबार सम्पन्न भएकाे हाजिरी जवाफ प्रत्याेगिता कार्यक्रमकाे अध्यक्षता बास नेपाल बझाङका अध्यक्ष रमेश सिह, रहनुभएकाे थियाे भने कार्यक्रमका प्रमुख अथिति मेरिगाेल्ड ईङ्लिस बाेडिङ् स्कुलका शिक्षक दल बहादुर शाही,अतिथिमा बास नेपाल बझाङ शाखाका उपाध्यक्ष रुपक खङ्का र सचिव टेकेन्द बाेहरा रहेका थिए ।
हाजिर जवाफ प्रतियाेगितामा उक्त स्कुलका आठ टिमकाे सहभागी रहेको थियोे प्रतियाेगितामा प्रथम दित्तिय तृतीय,र सान्त्वना हुनेलाई प्रमाण पत्र र शैक्षिक सामाग्री प्रदान गरिएको थियो ।
हाजिरी जवाफ प्रतियाेगितामा भ्रष्टाचार , र सुशासन समन्धि विषयहरू समावेश थिए । भने कार्यक्रम सञ्चालन उक्त विद्यालयका शिक्षक दिनेश सावदले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1242