५ बैशाख २०८२, शुक्रबार

बझाङको थलारा गाउँपालिका -७ मा चतुर्दशी मेलाको अवसरमा आयोजित भलिबल प्रतियोगिताको उपाधि भवानी माविलाई
बझाङ – बझाङको थलारा गाउँपालिका -७ ले चतुर्दशी मेलाको अवसर पारी आयोजना गरेको गाउँपालिका वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि भवानी माध्यमिक विद्यालय माडौँकाट्नेले हात पारेको छ ।
सनिवार भएको फाइनल खेलमा थलारा गाउँपालिका-६ पिखेतलाई हराउँदै भवानी माविले उपाधि हात परेको हो ।
भवानी मावि संग हार व्यहोरेको पिखेत द्वितिय भएको छ ।
त्यस्तै थलारा गाउँपालिका-९ मालुमेला तृतीय भएको छ । शुभप्रभात कृषक समुह थलारा गाउँपालिका-३ जामबाजलाई हराउँदै मालुमेला तृतीय बनेको हो ।
प्रथम भएको भवानी माध्यमिक विद्यालयले नगद ४० हजार प्रमाणपत्र द्वितिय थलारा गाउँपालिका-६ पिखेतले नगद ३० हजार प्रमाणपत्र र तृतीय मालुमेलाले २० नगदसहित प्रमाणपत्र पुरस्कार पाएको छ ।
अम्पायरहरू र उत्कृष्ट खेलाडीलाई पनि प्रमाणपत्रसहित सम्मान पनि गरिएको थियोे ।
प्रतियोगितामा ९ टिमको सहभागिता रहेको थियोे ।
त्यस्तै चतुर्दशीमेलाको अवसर पारी देउडा खेलको पनि आयोजना गरिएको थियोे । देउडा कार्यक्रममा सुदूरपश्चिमका चर्चित देउडा खेलाडीलाई आमन्त्रित गरिएको थियोे । उनीहरूलाई पनि सनिवार विदाइ गर्दै कार्यक्रम समापन गरिएको हो।