२४ माघ २०८१, बिहीबार

कीर्तिपुरमा स्कुल बसको ठक्करबाट बझाङका सशस्त्र प्रहरी जवानको मृत्यु
काठमाण्डौ – काठमाण्डौको कीर्तिपुरमा स्कुल बसको ठक्करबाट एक जना सशस्त्र प्रहरी जवानको मृत्युु भएको छ ।
कीर्तिपुर नगरपालिका वडा नम्बर–६ चोभार गेट नजिक इण्डियन मोडर्न स्कुलको बसले ठक्कर दिँदा बझाङको जयपृथ्वी नगरपालिका–५ घर भएका २९ वर्षीय सुवासचन्द्र रतलाको मृत्युु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएकाे छ ।
ना १ क १६६२ नम्बरको बसले मोटरसाइकलमा रहेका रतलालाई ठक्कर दिएर घाइते बनाएको थियो । उहाँको उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । रतला सशस्त्र प्रहरी केन्द्रीय कार्यालय हलचोकमा कार्यरत हुनुहुन्थ्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
1
+1
+1
9