थलारा गाउँपालिकाको टोलीद्वारा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम लागू भएका विद्यालयको अनुगमन

सेयर गरौं

बझाङ थलारा – मंसिर २७

बझाङको थलारा गाउँपालिकाको टोलीले सोमबार विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम लागू भएका विद्यालयको अनुगमन गरेको छ । अनुगमन टोलीले विश्व खाद्य कार्यक्रमको सहयोगमा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम लागू भएको थलारा गाउँपालिका -३ स्थिति कालिका आधारभूत विद्यालयको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा विद्यालयको बालमैन्त्री धारा , फोहोर फाल्ने खाल्डो , शौचालय , विद्यार्थी भर्ना रजिष्टर , विद्यार्थीको स्वास्थ्य परिक्षण दिवाखाजा, विद्यार्थीको पढाइको स्तर , सरसफाइका क्रियाकलापको अनुगमन गर्नुका साथै सुधारका लागि विद्यालय प्रशासनलाई सुझाव र सल्लाह समेत दिइएको विश्वखाद्य कार्यक्रमका एसएचएम ( S.H.M ) तथा एकीकृत विकास समाज नेपाल बझाङका थलारा संयोजक सुरेश बहादुर सिंहले जानकारी दिनु भयो ।

उनका अनुसार त्यससँगै साइपाल विकास समाजको पढाइ कार्यक्रम एसएमपी ( S.M.P ) र एचजीएसएफ (H.G.S.F ) को पनि संयुक्त अनुगमन गरिएको थियोे ।
अनुगमन टोलीमा थलारा गाउँपालिका वडा नम्बर-८ का वडाध्यक्ष तथा गाउँपालिका कार्यवाहक अध्यक्ष टिकाराज जोशी वडा नम्बर ३ का वडाध्यक्ष प्रकाश भण्डारी निमित्त प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर ओली शिक्षा संयोजक हर्कबहादुर रोकाया थलारा गाउँपालिका कम्प्युटर अप्रेटर हेमन्त चन्द दंगार्जी स्वास्थ्य चौकी इन्चार्ज रचना बुढा रेडियो थलाराका अध्यक्ष तथा पत्रकार पदम खड्का लगायत सहभागी रहनु भएको थियोे ।

प्रधानाध्यापक मीनबहादुर ओली र विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेशराज जोशीले अनुगमन टोलि समक्ष विद्यालयका समस्या राखेका थिए ।

विश्वखाद्य कार्यक्रमको आर्थिक सहयोगमा सञ्चालित विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम र साइपाल विकास समाजको पढाइ कार्यक्रम एसएमपी ( S.M.P ) र एचजीएसएफ (H.G.S.F )थलारा गाउँपालिकाका ९ वटै वडाका ४५ वटै विद्यालयमा लागू भएको छ ।
यो कार्यक्रमलाई निरन्तरता दिनुपर्ने विद्यालयहरूको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
थलारा खबर
थलारा खबर
Articles: 72