बझाङको छबिस पाथिभेरा गाउँपालिकामा भालुको आक्रमणबाट एकजना घाइते

सेयर गरौं

बझाङ

बझाङको छबिस पाथिभेरा गाउँपालिकामा भालुको आक्रमणबाट एकजना घाइते भएका छन् । छबिसपाथिभेरा गाउँपालिका – ५ इडेढुंगाका ३४ वर्षीय लालबहादुर धामी बुधबार बिहान १० बजेको समयमा घर नजिकैको स्वालवन जंगलमा बाख्रा चराउन जाने क्रममा भालुले आक्रमणमा परि घाइते भएका हुन् ।

घाइते धामीको दाहिने हात भाँचिएको छ भने ठाउको र छातीमा चोट लागेको छ । उनलाई उपचारका लागि जिल्ला अस्पताल सिमखेत लगिएको प्रहरीजनाएको छ । भालुले गाउँघरमा आएर आक्रमण गर्न थालेपछि स्थानीय त्रसित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
5
थलारा खबर
थलारा खबर
Articles: 72