बझाङमा एक पुरुष मृत फेला

सेयर गरौं

बझाङ: बझाङमा पहिचान नखुलेका एक पुरुष मृत फेला परेका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका –५ खौलाबगर स्थित सेती नदीको किनारमा शरीरमा चोटपटक लागेको अवस्थामा पहिचान नखुलेका पुरुषको लाश फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

शुक्रबार बेलुकी ५ः४५ बजे स्थानियले जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी टोली खटी गई घटनास्थल शवजाँच मुचुल्का गरी अहिले शव जिल्ला अस्पताल बझाङको शव गृहमा सुरक्षित साथ राखिएको प्रहरीको बताएको छ ।

शवको हुलिया ५ फिट १ ईन्च उचाई रहेको, पातलो शरीर, वर्ण गहुँगोरो, कपाल लामो हल्का घुम्रिएको, मातिल्लो शरीरमा कालो सेतो र खैरो बुट्टेदार सर्ट र तल्लो शरीरमा निलो जिन्स पाईन्ट लगाएको छ । मृतकको आफन्त पहिचान हुन आएमा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न पनि प्रहरीले अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1202