सरकार गठन गर्न राष्ट्रपतिकाे आह्वान, ७ दिनकाे समय

सेयर गरौं

काठामाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गर्नुभएको छ । राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर नेपालको संविधानको धारा ७६ उपधारा २ अनुसार सरकार गठन गर्न राष्ट्रपति भण्डारीले सात दिनको समय दिनुभएको जानकारी गराएको छ ।

विज्ञप्ति

नेपालको संविधानको धारा ७६ उपधारा २ मा प्रतिनिधि सभामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधि सभा सदस्यले प्रधानमन्त्री दाबी गर्न सक्ने व्यवस्था छ । त्यही व्यवस्थाअनुसार आउँदो १० गते आइतवार बेलुकी ५ बजेभित्र दाबी पेस गर्न भनिएको राष्ट्रपतिको कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1201