बझाङको छबिस पाथिभेरा गाउँपालिका -७ नौरामा जाँडरक्सी तथा जुवातास नियन्त्रण गर्न समुह गठन

सेयर गरौं

बझाङ — बझाङको छबिस पाथिभेरा गाउँपालिका -७ नौरा टोलमा जाँडरक्सी तथा जुवातास नियन्त्रण गर्नका लागि समुह गठन गरिएको छ ।
भवानी आमा समुहका अध्यक्ष रमिता बोहरा धामीको अध्यक्षतामा आमभेलाबसी सोमबार भवानी आमा समुहको मातहतमा जाँडरक्सी तथा जुवातास नियन्त्रण गर्नका लागि अर्को समुह गठन गरिएको हो ।

गाउँटोलमा जाँडरक्सी र जुवातासले नराम्रो असर परेको भन्दै उक्त रोकथाम तथा नियन्त्रण गर्नका लागि हर्का देवी धामीको अध्यक्षतामा १५ सदस्यीय जाँडरक्सी तथा जुवातास नियन्त्रण समुह गठन गरिएको छ ।

छबिस पाथिभेरा गाउँपालिका -७ का वडाध्यक्ष वियज बहादुर धामीको प्रमुख आतिथ्यततामा भएको आमभेलाबाट यहीँ पौष ११ गतेसम्म पसलमा राखिएको जाँडरक्सी बिक्रीवितरण गरिसक्नुपर्ने र त्यसपछि नल्यान दिने निर्णय गरेको छ ।
त्यस्तै मदिरा सेवन गर्नेलाई २ हजार ५ सय र बिक्रीवितरण गर्नेलाई ३ हजार जरिवाना तोकिएको वडाध्यक्ष धामीले जानकारी दिनु भएको छ ।
उक्त भेलामा नेपाल कम्युनिष्ट पार्टीका प्रकाश सी नमुना प्राथमिक विद्यालयका नौराका प्रधानाध्यापक दमन धामी विभिन्न राजनीतिक दलका प्रतिनिधि र नौरा टोलाका जनसमुदायको उपस्थिति रहेको थियोे ।
जाँडरक्सी तथा जुवातासले गाउँ समाजमा विकृति विसंगति फैलाइरहेकोले यसलाई नियन्त्रण गर्नका लागि छबिस पाथिभेरा गाउँपालिका- ७ ले जाँडरक्सी तथा जुवातास नियन्त्रण समुह अहिले टोलटोलमा गठन गरिरहेको छ ।
योभन्दा अगाडि बुड्खोरी टोलमा जाँडरक्सी तथा जुवातास नियन्त्रण गर्नका लागि सन्देश स्मृति क्लब गठन गरिएको थियोे,,भने अबको केही समयमै अन्य टोलमा पनि जाँडरक्सी तथा जुवातास नियन्त्रण गर्नका लागि समिति गठन गरिने वडाध्यक्ष धामीको भनाइ छ ।

जाँडरक्सी तथा जुवातासले महिला माथि पनि विभिन्न घरेलु हिंसाहरू भइरहका हुन्छन् जाँडरक्सी तथा जुवातासलाई नियन्त्रण गर्न सके विभिन्न हिंसाहरूबाट महिलाहरू बच्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
7
+1
1
+1
1
+1
4
+1
2
+1
1
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212