प्रतिनिधि सभा सदस्य भानुभक्त जोशीलाई समाजवादी प्रेस संगठनद्वारा काठमाडौंमा बधाई दिने कार्यक्रम सम्पन्न

सेयर गरौं


बझाङ – बझाङ बाट प्रतिनिधि सभा सदस्य भानुभक्त जोशी लाई समाजबादी प्रेश संगठन नेपालको काठमाडौमा बधाई तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
समाजबादी प्रेश संगठनका कार्यबाहक अध्यक्ष बिश्वमणी सुवेदी पाटी केन्द्रीय सदस्य चमेना भट्रराई उपाध्यक्ष शान्तराम बिडारी भवानी कार्की राजेन्द कुवर रामकुमार एलन संगठनका उप महासचिब सचिब नेपुलेयन चेपाङ केन्द्रीय सदस्य आशिष सिंह निर्मल अधिकारी लगाएतको टिमले बधाई तथा शुभकामना दिएका छन् ।
कार्यक्रममा बोल्दै विश्वमणी सुबेदीले तपाईं बझाङ जिल्लाको जनप्रतिनिधि मात्र नभएर देश लाई अप्ठारो परेको जनताको पक्षमा बोल्दै आउनुभएको छ । अझै आउने दिनमा पनि संसद हुदा वा सरकारमा जादा मन्त्री हुदा सधै जनताको पक्षमा काम गर्न सुझाव दिएका छन । शान्तराम बिडारीले भने हामी पत्रकार भएकाले तपाईले गलत गरेको हामीले टुलुटुलु बसेर हेर्न नसकिने भएकाले राम्रो काम गर्नु भन्दै बधाई दिएका छन ।
कार्यक्रममा बोल्दै जोशीले भने सधै जनताको पक्षमा मतदाताको पक्षमा सरकारमा हुदा अन्यायका बिरुद्ध बोल्ने न्यायका बिषयमा आफु लागिपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1230