१५ आश्विन २०८०, सोमबार

कञ्चनपुरमा छोरीमाथि बलात्कार गरेको आरोपमा बुवा पक्राउ
कञ्चनपुर –कञ्चनपुरमा १० वर्षीया छोरी बलात्कारको आरोपमा बुवा पक्राउ परेका छन् । मंगलबार राति नाबालिका छोरी बलात्कारको आरोपमा जिल्लाको दोधाराचाँदनी नगरपालिकाका २७ वर्षीय बुवा पक्राउ परेका हुन् ।
पक्राउ परेकामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । घरपरिवारबाटै बलात्कारको उजुरी आएपछि पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले बताए । मंगलबार राति नै बालिकाको स्वास्थ्य चेकजाँच गरिएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
1