बझाङकाे केदारस्युँ गाउपालिका सहित छिमेकि पालिकाहरूमा शनिबार देखि भुवा पर्व मनाईदैँ

सेयर गरौं

पवन बाेहरा- बझाङ

बझाङ — बझाङमा सुदूरपश्चिमको साँस्कृतिक ‘भुवा’ पर्व शनिबारदेखि सुरु दुदै छ। महाभारतको कथा, पाण्डव र कौरवको युद्ध गाथामा आधारित भुवा पर्वलाई स्थानीयले ‘भस्सो’ पनि भन्ने गरेका छन्।
दमाहाको तालसँगै एक हातमा तरबार र अर्को हातमा ढाल नचाइने यो पर्वमा बझाङका गाउँबेसीमा युद्धकालीन कौशलताको झल्को दिने झाँकी प्रदर्शन हुन्छन्। भुवा पर्व विषेश गरी बझाङकाे केदारस्युँ गाउँपालिका लगाएत छिमेकी पालिकामा पनि प्रसिद्ध छ।
शनिबार केदारस्युँ गाउँपालिका वड न ८ मा परानै रिवाजमा रहि घरमा विभिन्न किसिका खाने कुरा पकाई मन्दिरमा गएर पुजा गरेर भुवा पर्व मनाउन मनाउने केदारस्युँ गाउँ पालिका वडा न ८ सुकानाउलाका स्थानिय नरे बाेहराले बताउनु भयाे ।
उहाले भने, ‘भुवा प्राचीन संस्कृति हो । महाभारतमा पाण्डप र कौरवबीचको युद्धदेखि यो पर्व आरम्भ भएको जनविश्वास रहँदै आएको छ।

सोही लडाइँको सम्झनामा तथा पाण्डवहरूको जितको खुसियालीमा यो पर्व मनाउन थालिएको हो। बझाङका मौलिक पर्व बसाइसराइको क्रम बढेसंगै लोप हुने अवस्थामा पनि छन् ।
भुवाखाडोमा आगो बालेपछि सुरु हुने यो पर्वमा स्नान गरी बालिएको आगो तापेर घरमा मीठो–मसिनो खाने चलन छ। सोही रात र प्रतिपदाका दिन लत्ताकपडा धुने र आफ्ना तरबारलाई चम्किलो बनाउने काम गरिन्छ। द्वितीया तिथिको दिनमा विशेष ढंगले प्रदर्शन गरिन्छ ।
पुरुषहरूले सेतो भोटोसहित जामा, पछाडि कुमदेखि खुट्टासम्म पुग्ने गरी पिठ्युँमा एउटा सेतो च्यादर जस्तो पहिरन लगाउन पर्छ भने टाउकोमा पघरी बाँधेर भुवा पर्व खल्ने बताउनु भयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
पवन बोहरा
पवन बोहरा
Articles: 35