बझाङमा भीरबाट लडेर एक जना वृद्धको मृत्यु

सेयर गरौं

बझाङमा भीरबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ ।
जिल्लाको केदारस्युँ गाउँपालिका-८ सुकानाउँला घर भएका ७२ वर्षीया गोपी बोहराको लडेर मृत्युु भएको हो ।

सदरमुकाम चैनपुरबाट शुक्रबार उपचार गराएर घर फर्किएका बोहराको गाडीबाट उत्रीएर मल्लावन भन्ने ठाउँबाट घर जाने क्रममा भीरबाट लडेर मृत्युु भएको स्थानीय रामबहादुर बोहराले जानकारी दिए ।

उनको शुक्रबार बेलुका लडेर मृत्यु भएको भएपनि स्थानीयले शनिबार दिउँसो मृत अवस्थामा फेला पारेका बोहराले बताए । अहिले उनको अन्तिम दाहसंस्कार गरिदैँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
3
+1
0
+1
25
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212