बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ मा दुइदिन स्वास्थ्य शिविर सञ्चालन हुने

सेयर गरौं

बझाङ

बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ मा दुईदिने स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । छबिसपाथिभेरा गाउँपालिका र वडा कार्यालयको संयुक्त आयोजनामा यही पौष १४ र १५ गते दुई दिन मजखोरी आधारभूत स्वास्थ्य ईकाइमा शिविर सञ्चालन हुने भएको हो ।
वडाध्यक्ष विजयबहादुर धामीका अनुसार शिविरमा डा. सुमन अधिकारी, एमबीबीएस डा. रामलालबहादुर धामी, डा. सुरेन्द्र रोक्का, डा. मनोज कार्कीले स्वास्थ्य परीक्षण गर्नेछन् ।

शिविरमा सबै किसिमका रोगको परामर्श, निःशुल्क भिडियो एक्सरे, निःशुल्क औषधी वितरण, क्षयरोगको खकार चेकजाँच, गर्भवती महिलाको गर्भ परीक्षण तथा भिडियो एक्सरे, एचआइभी, हेपाटाइटीस बी, मधुमेह परीक्षण, पाठेघर खसेका महिलाको चेकजाँचलगायत सेवा प्रदान गरिने वडाध्यक्ष धामीको हस्ताक्षरित सूचना उल्लेख गरिएको छ। उनले सबै वडावासीलाई सेवा लिन आउन पनि आग्रह गरेका छन् ।

‘घर आँगनमै विशेषज्ञ डाक्टरहरूको टोली ल्याएर शिविर सञ्चालन गर्दैछौँ । वडाबासीको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै गाउँपालिका र वडाले शिविरको आयोजना गरिरहेको हो । सबै वडाबासीलाई सेवा लिनका लागि आउन आग्रह गर्छु,’ वडाध्यक्ष धामीले भने । शिविरबाट कमजोर अवस्था भएका वडावासीहरूले राहत पाउने भएका छन् । कमजोर अवस्था भएका स्थानीयहरुले अस्पताल जान नसकि विभिन्न रोगसँग लडिरहेको समयमा शिविर सञ्चालन हुने भएपछि स्थानीय खुसी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
थलारा खबर
थलारा खबर
Articles: 72