चैनपुरदेखि लिमकाे खोला सम्म जोड्ने सडकको उद्घाटन

सेयर गरौं


उत्तमकुमार थापा बझाङ
चैनपुर देखि लिम खोला सम्म जोड्ने सडकको उद्घाटन गरिएको छ ।

बझाङ जिल्लाका सदरमुकाम चैनपुर देखि लिमकाे खाेला सम्म जाेड्ने सडकको उद्घाटन गरिएको हाे । साेमवार एक कार्यक्रमका विच सडक अन्तर्गत पातलचौर देखि बिसौना सम्म जोड्ने डब्बल लाइनको बनाउने सम्झौता भए सँगै छविस पाथिभरा गाउँपालीका अध्यक्ष बसन्त बहादुर चलाउनेले उद्घाटन गर्नु भएको ईन्जिनियर हिक्मत रावलले बताए ।

सडक पातलचाैर देखि बिसाैना सम्म डब्बललाईनकाे बिस्तार हुने भएको छ । सञ्चालक समितिले ठेक्का लिएकाे ३ बर्ष सम्म काम सम्पन्न गर्नु पर्ने स्राेतकाे भनाइ रहेका छ । उक्त सडककाे लागत ३० कराेड रहेकाे देखिन्छ । आज उद्घघाटन भएको कार्यक्रममा गाउँपालीका उपाध्यक्ष लक्षिमन बाेहरा निमित्त प्रमुख प्रशासकीय अधिकृत गगन अयडी वडा अध्यक्ष झलक धामीलगाएत अन्य वडा अध्यक्षहरुकाे उपस्थिति रहेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
3
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1242