बझाङमा ट्याक्टर दुर्घटना हुँदा चालक सहित दुई जनाको मृत्यु

सेयर गरौं

बझाङ

बझाङमा ट्याक्टर दुर्घटना हुँदा चालक सहित दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको छविसपाथिभेरा गाउपालिका-५ थलारामा सोमबार साँझ साढे ७ बजे ट्याक्टर दुर्घटना हुँदा सोही ठाउँका चालक मंगल धामी र सहचालक धनबहादुर ठगुन्नाको घटना स्थलमै मृत्यु भएको हो  

झोलुङ्गे पुलका सामान लिएर गएको से २ त २३४३ नम्बरको ट्याक्टर उकालो सडकमा पछाडि सरेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

ट्याक्टरमा रहेका अर्का एक जना सकुसल रहेको पनि प्रहरीले जनाएको छ। थप विवरण आउन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
थलारा खबर
थलारा खबर
Articles: 72