११ बैशाख २०८२, बिहीबार

बझाङका एकजना चरेससहित कैलालीको अत्तरियाबाट पक्राउ
बझाङका एकजना कैलालीको अत्तरियाबाट पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका – २ बसपार्कमा कलक जप्रेलले सञ्चालन गरेको नबिन होटलबाट चरेस सहित बझाङको दुर्गाथली गाउँपालिका – ७ काँडा बस्ने ३६ वर्षीय यम राज दौल्याल पक्राउ परेका हुन ।
उनलाई होटेलको १०१ नम्बर कोठाबाट सादा पोसाकमा खटिएका प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
पक्राउ परेका दौत्यालको साथबाट चरेस जस्तो देखिने कालो बस्तु कट्टा सहित ९ किलो ३४० ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
2
+1
+1
+1