बझाङको छबिसपाथिभेरा गाउँपालिका -७ मा दुईदिने स्वास्थ्य शिविर सम्पन्न, ४ सय ५० जनाले लिए सेवा

सेयर गरौं

बझाङको छबिसपाथिभेरा गाउँपालिका -७ मा सञ्चालन गरिएको दुईदिने स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरबाट ४ सय बढी बिरामीले सेवा लिएका छन् ।
छबिसपाथिभेरा गाउँपालिका र वडा कार्यालयको संयुक्त आयोजनामा मजखोरी आधारभूत स्वास्थ्य इकाइमा बिहीबारदेखि सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४ सय ५० जना बिरामीले सेवा लिएका हुन् ।

शिविरको दोस्रो दिन शुक्रबार विभिन्न रोगका १ सय ६० जना बिरामीले सेवा लिएका छन् ।
त्यस्तै पहिलोदिन बिहीबार २ सय ९० जना सेवाग्राहीहरुले सेवा लिएका थिए भने , ती मध्य निशुल्क गर्भवती महिला लाई भिडियो एक्सरे सेवा: १८ जना,भिडियो एक्सरे सेवा: १६०जना,ल्याब सेवा:२१ जना,महिलाको आङ खसेका : २ जना, र बाकी बिरामी चेकजाँच तथा उपचार सेवा लिएका वडाध्यक्ष धामीले थलारा खबरलाई जानकारी दिनुभयो ।

शिविरमा सबै किसिमका रोगको परामर्श, निःशुल्क भिडियो एक्सरे, निःशुल्क औषधि वितरण, क्षयरोगको खकार चेकजाँच, गर्भवती महिलाको गर्भ परीक्षण तथा भिडियो एक्सरे, एचआइभी, हेपाटाइटीस बी, मधुमेह परीक्षण, पाठेघर खसेका महिलाको चेकजाँचलगायत सेवा प्रदान गरिएको वडाध्यक्ष धामीले बताए ।

विभिन्न रोगबाट ग्रसित बिरामीहरूले आफ्नै ठाउँमा नि:शुल्क स्वास्थ्य शिविरमार्फत स्वास्थ्य चेकजाँच तथा परिक्षण गराउन पाउँदा खुसी व्यक्त गरेका छन् । आर्थिक अवस्था कमजोर भएका बिरामीहरूले अन्यत्र गएर उपचार गराउन सक्ने अवस्था नभएकोले त्यस्ता बिरामीलाई लक्षित गरि स्थानीय सरकारले गर्न सक्ने सहयोगमार्फत शिविर सञ्चालन गरेको वडाध्यक्ष धामीको भनाइ छ । उनका अनुसार गाउँपालिकाकै ७ नम्बर वडा दुर्गम ठाउँमा भएकाले स्थानीयलाई उपचारमा सहयोग पुर्‍याउने शिविरको लक्ष्य हो ।

शिविरमा एमबीबीएस डाक्टर रामलाल बहादुर धामी , डाक्टर सुमन अधिकारी ,डाक्टर सुरेन्द्र रोक्का ,र मनोज कार्कीले स्वास्थ्य चेकजाँच तथा परिक्षण गरेका हुन् ।
शिविर दुई दिनसम्म चलेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212