७ चैत्र २०८१, शुक्रबार

पुष १५ सम्बन्धि देउडा गीतहरू
रातभर उनिदो अर्छ्याउ पुषको रात काटी ,
सौराडि लाग्यागि लाग्यै छुट्या संगीसाथी !
शिव क्षेत्री
दिन भरी सुति रया रात भर खाया खिर.
पुस पन्द्र को चिसो काट्न झाउ सोल्मारी तिर !
Manish Raj
पुरानो संस्कृति हाम्रो पौष १५ को रात.
साथी संगी पलायन भया कोई भएन साथ
Bahubali Kayakairan
सम्झना आउला हजुर पुस काे 15 काटेय ,
मिठा मिठा खाना बनाउ रात भरि चाटेय !
Nabin Jethara
सुभकामना दिया सबै तमलाइ शाथिसङ्गी .
पुषकि पन्ध्र कि रात होइझौ रंगीचंगी !
Khatri Binod Singh
पुस को पन्द्र रात ब्याउने सबैलाइछ रहर ,
बाल्या काल सम्झेका बेला खाइदिउकि जहर !
छेत्री सम्राट बोहारा
मन मिल्ने साथी भाइ हाेइझाउ,पुषकाे रात हाेइझाउ,
नछुट्टिन्या माया हाेइझाउ,मन छुन्या बात हाेइझाउ !
Daman Dhami
कांग्रेस त अलपत्र पण्यो, प्रचण्ड पि एम मा,,
गित लेखि पठाई देउ हजुर, थलारा एफ एम मा,,
पुस कै महिना भुवो भस्वो , पन्ध्र को रात पन,,
हाँसि खेलि रात कटाउनु ,जन्म्या का थात कन ,,
चारैतिर डाँडा काँडा , बिच्मा बेसि खोला,,
थलारा एफ एम लाई हजुर, माया गर्नु होला !
Harish Chhetri
खिर खानलाई मिठो लाग्दो केलिका पातमा ,
सम्झना सबै को आउनु पन्ध्र का रातमा !
Ramita Khati
जाडिले मरन हुन्छ एइ पुस का महिना,
गित भन्न आउदैन मुखी क्या लेखु हे बैना !
Naresh Dhami