थलारा गाउँपालिकामा फियान नेपालद्वारा सार्वजनिक सुनुवाइ

सेयर गरौं

फियान नेपालले शनिबार थलारा गाउँपालिकामा सार्वजनिक सुनुवाइ गरेको छ ।
जिल्ला खाद्य अधिकार संजालको आयोजनामा थलारा गाउँपालिका वडा नम्बर ८ र ५ मा रहेका खाद्य अधिकार समुहको पहुँचको अवस्थाका बारे सार्वजनिक सुनुवाइ गरिएको हो । सार्वजनिक सुनुवाइमा फियान नेपालकि फिल्ड अधिकृत सीता सिंहले थलारा गाउँपालिका वडा नम्बर ८ को मुक्त हलिया समुह र वडा नम्बर ५ को खप्तड राष्ट्रिय निकुञ्जबाट निंगालो पीडित समुहमा गरेको कार्यहरूको बारेमा जानकारि गराउनु भएको थियोे ।

थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकायाको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा उपाध्यक्ष रामबहादुर खातील प्रमुख प्रशासकीय अधिकृत सिद्धराज पण्डित वडा नम्बर ८ का अध्यक्ष टिकाराज जोशी वडा नम्बर ५ का अध्यक्ष नरबहादुर खाती शिक्षा संयोजक हर्कबहादुर रोकाया कार्यपालिका सदस्य लगायत अतिथि रहनु भएको थियोे ।
कार्यक्रमको सहजीकरण पत्रकार तथा जिल्ला खाद्य अधिकार संयोजक जगदीश रोकायाले गर्नु भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
थलारा खबर
थलारा खबर
Articles: 72