थलारा गाउँपालिका स्तरीय पूर्णखोप कार्यक्रमको समिक्षा तथा पूर्णखोप दिगोपना र सरसफाइ प्रवर्द्धन सम्बन्धि अभिमुखिकरण कार्यक्रमसम्पन्न

सेयर गरौं

थलारा – बझाङको थलारा गाउँपालिकामा पालिका स्तरीय पूर्णखोप कार्यक्रमको समिक्षा तथा पूर्णखोप दिगोपना र सरसफाइ प्रवर्द्धन सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
गाउँपालिकाको आयोजनामा नवनिर्वाचित स्थानीय तह प्रमुख, उपप्रमुख , वडाध्यक्ष , कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत , स्वास्थ्य संस्थाका प्रमुखहरू तथा समितिका सम्पूर्ण पदाधिकारीका लागि १ दिने अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकायाको अध्यक्षतामा भएको कार्यक्रममा खोपको परिच,य इतिहास र महत्त्व ,खोपबाट बचाउन सकिने रोग र जटिलता राष्ट्रिय खोप कार्यक्रम नयाँ तथा प्रयोगमा रहेका खोपको विस्तार खोप कार्यक्रमका उपलब्धि नेपालमा पुर्णखोप लगाउने बालबालिकाको अवस्था नेपालमा खोप कभरेजको अवस्था र पूर्णखोप सुनिश्चितता र दिगोपनाको बारेमा चर्चा गरिएको थियोे ।

कार्यक्रममा उपाध्यक्ष रामबहादुर खाती, ९ वटै वडाका वडाध्यक्ष कार्यपालिकाका सदस्य, प्रमुख प्रशासकीय अधिकृत सिद्धान्त पण्डित लगायत पालिका अन्तर्गत विषयगत शाखा प्रमुखको सहभागीता रहेको थियोे ।

थलारा गाउँपालिका सिअनमी जुनु कडायतको सञ्चालन रहेकोमा कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका दिपक ऐडीले अभिमुखिकरण गर्नु भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
थलारा खबर
थलारा खबर
Articles: 72