७ माघ २०८१, सोमबार
बझाङमा रुखबाट लडेर एकजनाको मृत्यु – थलारा खबर
बझाङ -पौष १९!
बझाङको सुर्मा गाउँपालिकामा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ । सुर्मा गाउँपालिका वडा नम्बर – ४ का अन्दाजी २४ वर्षीय सञ्जय पुजाराको रुखबाट लडेर मृत्यु भएको हो ।
मंगलबार बिहान साढे ८ बजेको समयमा घर नजिकै ओखरको रुखमा दाउरा काट्छु भनी चढेका पुजाराको काटेको रुखसँगै लडेर मृत्यु भएको आफन्तले बताए ।
मृतक पुजाराको घरमा दुई छोरा एक छोरी र श्रीमती रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
4
+1
2
+1
+1
1
+1
6
+1
49