सिकाई परियोजना ABL को थलारा गाउँपालिका स्तरिय अभिमुखिकरण गोष्टि सम्पन्न

सेयर गरौं

थलारा बझाङ- प्रगतिशील युवा समाज सिकाई परियोजनाको थलारा गाउँपालिका स्तरिय अभिमुखिकरण गोष्टि सम्पन्न भएको छ । मंगलवार गतवर्षको समिक्षा र यो वर्ष सञ्चालन भईरहेका क्रियाकलापको जानकारी गराउदै अभिमुखिकरण गोष्टि सम्पन्न भएको हो ।

प्रगतिशील युवा समाजका अध्यक्ष रमेश के.सी. को अध्यक्षतामा र थलारा गाउँपालिका अध्यक्ष प्रकास रोकायाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रगतिशील युवा समाज कार्यकारी निर्देशक लबराज जोशीले कार्यक्रमको उद्देश्य सहित स्वागत मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा बोल्दै थलारा गाउँपालिका अध्यक्ष प्रकास रोकायाले केहि महिना अबरुद्ध भएको सिकाई परियोजना सुचारु हुदा खुसी लागेको भन्दै आगामी दिनमा कार्यक्रमलाई नयाँ ढंगवाट अगाडि बढाईने धारणा राख्नु भएको थियो । उपाध्यक्ष राम बहादुर खातीले थलारा गाउँपालिकाका सामुदायिक विधालयमा शैक्षिक गुणस्तर अभिबृद्धि गर्न शिक्षकले शिक्षकले पढाएको नपढाएको बारे अनुगमन गर्न जरुरी रहेको बताउनु भयो । त्यस्तै वडा नम्वर ५ का वडा अध्यक्ष नर बहादुर खातीले विधालयमा बसाई ब्यवस्थापनले मात्र पढाईको गुणस्तर अभिबृद्धि नहुने भन्दै शैक्षिक गुणस्तरमा पनि ध्यान दिन जरुरी रहेको सुझाब दिनु भयो ।

युएम एनको सहयोगमा प्रगतिशील युवा समाज सिकाई परियोजनाले थलारा गाउँपालिकाका ४५ वटै सामुदायिक विधालयमा शिक्षाको गुणस्तर अभिबृद्धिकालागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । प्रगतिशील युवा समाज सिकाई परियोजनाका कार्यक्रम संयोजक राजेन्द्र खड्काले परियोजनाको गतवर्षको प्रगति विवरण सहित यो बर्ष गरिने क्रियाकलापको जानकारी सहित अभिमुखिकरण गर्नु भएको थियो ।

कार्यक्रममा थलारा गाउँपालिका शिक्षा संयोजक हर्क बहादुर रोकायाले सिकाई परियोजनाले थलारा गाउँपालिकामा शिक्षाको गुणस्तर अभिबृद्धिकालागि महत्वपूर्ण भूमिका खेलेको भन्दै कार्यक्रमलाई निरन्तरता दिनमा जोड दिनु भएको थियो । कार्यक्रममा थलारा गाउँपालिकाका ९ वटै वडाका वडा अध्यक्षको उपस्थिति रहेको थियो । युएमएन सृजना परियोजना बझाङ कलष्टर प्रोग्राम मेनेजर ईन्दीरा राई लागायत अतिथि रहनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1314