२५ माघ २०८१, शुक्रबार

थलारा गाउँपालिका-८ स्थित डाँडाबाघ आधारभूत विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन , अध्यक्षमा बजाल- थलारा खबर
बझाङ –
बझाङको थलारा गाउँपालिका-८ स्थित पण्डित गाउँमा रहेको डाँडाबाघ आधारभूत विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । शुक्रबार भएको अभिभावक भेलाबाट खगेन्द्र बजालको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो ।
समितिका अन्य सदस्यहरूमा पद्मा सुनार, सुरेश पार्की ,उजला दमाई रहेका छन् । अभिभावक भेलामा थलारा गाउँपालिका वडा नम्बर -८ का वडाध्यक्ष टिकाराज जोशी वडा सदस्य लक्ष्मीराज उपाध्याय लगायत अतिथि रहेका निवर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष सम्शेर नेपालीले थलारा खबरलाई जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
1
+1
+1
+1