१९ आश्विन २०८१, शनिबार
थलारा गाउँपालिका – ७ मा वडा स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक बस्यो
थलारा बझाङ:- थलारा गाउँपालिका वडा नम्बर ७ मा वडा स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक बसेको छ ।
थलारा गाउँ पालिका बहुक्षेत्रिय पोषण कार्यक्रमको आयोजनामा नयाँ जनप्रतिनिधहरुलाई कार्यक्रमका वारेमा जानकारी गराउने उद्देश्यले बैठक बसेको हो । युरोपियन युनियन र युनिसेफको आर्थिक सहयोगमा सञ्चालन भैरहेको बहुक्षेत्रिय पोषण कार्यक्रमले गाउँ पालिकाका ९ वटै वडामा काम गरिरहेको छ ।
बहुक्षेत्रिय पोषण कार्यक्रम थलारा संयोजक इन्द्र कडायतका अनुसार कार्यक्रमले स्वास्थ , शिक्षा , महिला तथा बालबालिका , पशु, कृषि , खानेपानी तथा सरसफाइ र शासकीय प्रबन्धक क्षेत्रमा काम गरि रहेको छ ।
थलारा गाउँ पालिका वडा नम्बर ७ का वडा अध्यक्ष किस्ने सार्की को अध्यक्षतामा बसेको बैठकमा पोषण र पोषण कार्यक्रमका वारेमा जानकारी गराएको थियोे । बैठकलाई बहुक्षेत्रिय पोषण कार्यक्रम संयोजक इन्द्र कडायतले सहजिकरण गर्नु भएको थियो ।