१२ माघ २०८१, शनिबार
छबिसपाथिभेरा गाउँपालिकामा निःशुल्क आँखा उपचार (मोती बिन्दु सम्बन्धि ) शिविर सञ्चालन हुने
बझाङ :- बझाङको छबिसपाथिभेरा गाउँपालिकामा निःशुल्क आँखा उपचार (मोती बिन्दु सम्बन्धि ) शिविर सञ्चालन हुने भएको छ ।
छबिसपाथिभेरा गाउँपालिकाको आयोजनामा र कैलाली गेटा आँखा अस्पतालको प्राबिधिक सहयोगमा निःशुल्क आँखा उपचार (मोती बिन्दु सम्बन्धि ) शिविर सञ्चालन हुने भएको हो ।
गाउँपालिकिकाले पालिका भरका सबै वडा समेटिने गरि ३ वटा स्वास्थ्य चौकीमा शिविर सञ्चालन गर्न लागेको हो ।
गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै पौष २८ गते लेकगाउँ स्वास्थ्य चौकीमा , पौष २९ गते कोट चौघानपाटा स्वास्थ्य चौकीमा र पौष ३० गते मटेला स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
2
+1
+1
+1
+1
+1