थलारा गाउँपालिका -७ स्थित भवानी माध्यमिक विद्यालयको नयाँ विद्यालय व्यवस्थापन समिति गठन गर्न आमभेला सुरु

सेयर गरौं

बझाङ ,थलारा

बझाङको थलारा गाउँपालिका -७ स्थित माडौँकाट्नेमा रहेको भवानी माध्यमिक विद्यालयको नयाँ विद्यालय व्यवस्थापन समिति गठन गर्नका लागि आमभेला सुरु भएको छ ।
पुरानो विद्यालय व्यवस्थापन समितिको कार्यकाल समाप्त भएपछि नयाँ विद्यालय व्यवस्थापन समिति गठन गर्नका लागि सोमबार आमभेला बसिरहेको हो ।

आमभेला विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिरालाल रोकायको अध्यक्षतामा सुरु भएको छ ।
आमभेलामा विद्यालयका प्रधानाध्यापक चक्रबहादुर रोकायाले मनतव्य राख्दै समिति गठन गर्नका लागि आवश्यक पर्ने शिक्षा नियमावली बारे जानकारी गराउनु भएको थियोे ।
विद्यालय व्यवस्थापन समितिमा ४ जना छानिने भएका छन् । जसमा २ जना महिला र २ जना पुरुष रहनेछन् ।
अहिले अध्यक्षका लागि उम्मेदवारी दावी पेश गर्ने कार्य भइरहेको छ । २ जनाभन्दा बढीले विव्यस अध्यक्षका लागि दावी पेश गरिसकेका छन् भने अरु प्रक्रियामा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
3
+1
1
+1
0
+1
0
थलारा खबर
थलारा खबर
Articles: 72