जयपृथ्बी नगरपालिका १ मा बाल विवाह विरुद्धको वृत्तचित्र पर्दशन कार्यक्रम सम्पन्न

सेयर गरौं

तरुणा जोशी – बझाङ


जयपृथ्वी नगरपालिका- १ कैलाशमा दर्ता गरिएका बालबालिका र अभिभावकहरुलाई बाल विवाह विरुद्धको वृत्तचित्र प्रर्दशन कार्यक्रम सम्पन्न भएको छ । बाल बिबाह बिरुद्ध अभिभाबकहरुलाइ श्रव्यदृष्य बाट जानकारी दिने उदेश्यले कार्यक्रमको आयोजना गरीएको हो ।
आज जयपृथ्वी नगरपालिका १ को आयोजना र प्रगतिशील युवा समाज, वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा बाल विवाह विरुद्धको वृत्तचित्र प्रदर्शन कार्यक्रम गरिएको हो ।
जयपृथ्बी नगरपालिका १ का वडा अध्यक्ष डम्बर बहादुर सिंहको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि वडा सदस्य पन्द्र बहादुर सिंह रहनु भएको थियो । यस्तै अतिथिमा वडा महिला सदस्य सपना देवि विक, वडा सचिव अजय बहादुर सिंह, सिपिएस् डब्लु प्रतिनिधि कल्पना शाही रहनु भएको थियोे । कार्यक्रमको सञ्चालन पत्रकार सुनिल मण्डेलले गर्नुभएको थियोे । बाल बिवाह, बालबालिका अधिकार सम्बन्धि कानुनी प्रावधान, व्यवस्था, रोकथाम र न्यूनीकरण गर्न के के गर्नुपर्छ भन्ने बिषयमा सञ्चार कर्मी तरुणा जोशिले जानकारी गराउनु भएको थियोे । कार्यक्रममा बोल्दै वडा अध्यक्ष सिहले समाजमा अझैपनि चेतनाको कमिले यस्ता कुरीती कुसँस्कार हट्रन नसकेकाले वडा बाट समेत यस्ता कार्यक्रमहरु गदै आएको बताउनुभयो । अहिले बिभिन्न सँघसँस्थाको सहयोगले यस्ता कार्यक्रम गर्दा पहिलेको तुलनामा कम भएपनि न्युनिकरण हुन नसकेकाले सबैले एक जुट भएर घर बाट नै लाग्नुपर्ने बताउनुभयो ।
बाल बिवाह विरुद्धको वृत्तचित्र प्रदर्शन कार्यक्रममा जयपृथ्वी नगरपालिका १ कैलाशका स्थानीय महिला, अभिभावक, बालबालिका लगायतको उल्लेखनीय उपस्थिति रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1230