तलकाेट गाउँपालिका ७ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

सेयर गरौं

उत्तम कुमार थापा – बझाङ

बझाङको तलकोट गाउँपालिका वडा नम्बर ७ मा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

तलकाेट गाउँपालिकाकाे वडा नम्बर ७ कार्यालयले निशुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन गरिएको लाेकेन्द्र कठायतले बताउनु भयाे । स्थानीय निर्वाचन सम्पन्न भए पछि नवनिर्वाचित वडा अध्यक्ष लक्ष्मण बिष्टले जनताको स्वास्थ्य चेकजाँच र स्वास्थ्यलाई मध्यनजर राख्दै शिविरकाे आयाेजना गरिएको उहाँको भनाइ छ ।

गाउँपालीकाकाे वडा नम्बर ७ काे किदन्नामा आज २६ गते देखि सञ्चालन गरिएको निशुल्क स्वास्थ्य शिविरमा विभिन्न वडा नम्बर ७ का अध्यक्ष लक्ष्मण बिष्टको अध्यक्षतामा सुरु भएको शिविरमा गाउँपालीका उपाध्यक्ष पार्वती कुवर भण्डारी प्रमुख अतिथि रहनु भएको थियाे भने गाउँपालीका निमित्त प्रमुख प्रशासकीय अधिकृत शिद्बराज भण्डारी बिशिस्ट अतिथि रहनुभएकाे हाे । स्थानीय जनताहरुकाे उपस्थिति रहकाे थियाे । आज २६ गते देखि सञ्चालन गरिएको शिविर २८ गते सम्म चल्ने जनताको घरघरमा गएर स्वास्थ्य परिक्षण गरिने वडा अध्यक्ष लक्ष्मण बिष्टले बताउनुभयो । आज मात्र सञ्चालन गरिएको शिविरमा १८१ जनाले सेवा लिएका छन भने ,जसमा ११६ जना महिला ६५ जना पुरुषले भिडियो ऐक्स-रे २५ जनाले ल्याब सहित १० जनालाई सेवा प्रदान गरिएको लाेकेन्द्र कठायतले बताउनु भएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1259