१५ आश्विन २०८०, सोमबार

बझाङ नेपाली सेनाद्वारा बान्निमष्टा मन्दिरकाे सरसफाइ
उत्तमकुमार थापा
बझाङ – नेपाली सेनाद्वारा बान्निमष्टा मन्दिरकाे सरसफाइ गरिएको हाे ।
आज एक कार्यक्रमका विच छविस पाथिभेरा गाउँपालीकामा रहेको बान्नी मष्टा मन्दिरमा बझाङ जिल्लामा रहकाे नेपाली सेना र नेपाल प्रहरीले सरसफाइ कार्यक्रम गरिएको हाे ।
छविसकाे पर्यटकिय स्थलको रुपमा हेरिएकाे चर्चित मन्दिर बान्नी मष्टामा विभिन्न चरणमा सरसफाइ गरिएको हाे । सदरमुकाम चैनपुर देखि करिब ४ घण्टा टाढा रहेको मन्दिरमा बिरभद्रजङ्ग गुल्मबाट उप-सेनानी महेश्वर कार्कीकाे नेतृत्वमा आएकाे टाेलीले सरसफाइ कार्यक्रम गरिएको स्थानीय लालबहादुर थापाले बताउनु भयाे ।
नेपाली सेनाकाे टाेली सहित प्रहरी चाैकी ब्यासीका प्रहरी सहायक निरिक्षक देवसिँह कुवरकाे नेतृत्वमा प्रहरी पनि उपस्थिति रहनु भएको थियाे । हाम्रो प्रम्परालाई जगेर्ना गर्दै,धर्मलाई सलाम गर्दै,चर्चित मन्दिर बान्नी मष्टाकाे सरसफाइले राम्रो सन्देश दिएको स्थानीयहरुकाे भनाइ छ । नेपाली सेनाले विभिन्न ठाउँमा गएर विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आउदा स्थानीयहरु नेपाली सेना प्रति आक्रशित सहित उत्साहित भएकोका छन ।