१ जेष्ठ २०८२, बुधबार

घरघरमा पुगेर अपाङ्ग,असाय र व्यसाहारालाई उपाध्यक्ष धामिले गरिन् बलाङ्केट बितरण
पवन बोहरा – बझाङ
बझाङको कदारस्युँ गाउँपालिकाकि उपाध्यक्ष मनिषा धामीले जनताको घरघरमा पुगेर बलाङ्केट र बिरामि बाेक्ने स्टेचर बितरण गरेकी छन् ।
चिसाे बड्दै गएपछि केदारस्युँ गाउँपालिकाबासीहरूकाे जीबन कष्टकर बन्दै गएकाे सुचना केदारस्युँ गाउँपालिकामा प्राप्त भए पछि केदारस्युँ गाउँपालिकाकी उपाध्यक्ष धामीले घर घर मा पुगेर बलाङ्केट बितरण गरेकी हुन् ।
केदारस्युँ गाउँपालिका वडा न ६ मा रहेका अपाङ्ग,असाय र व्यसाहारा गरि जम्मा ३० जना लाई बलाङ्केट बितरण र वडा भरिका अपाङ्ग व्यक्ति लाई स्टेचर बितरण गरिएको उपाध्यक्ष धामीले बताइन् ।
उहाँका अनुसार भाेलि पाैष २७ गते केदारस्युँ गाउँपालिका वडा न ७ मा बलाङ्केट हरू बितरण गर्ने बताउनु भयाे । आफू याे ठाउँमा भए सम्म केदारस्युँ वासि हरूकाे लागि पछि नहट्ने आफू लागि रहने उपाध्यक्ष धामिले बताउनु भयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1