व्यबसायिक पशुपालन सम्बन्धि ७ दिने सिप बिकास तालिम आज जयपृथ्बी नगरपालिकामा सम्पन्न

सेयर गरौं

तरुणा जोशी – बझाङ


व्यबसायिक पशुपालन सम्बन्धि ७ दिने सिप बिकास तालिम आज जयपृथ्बी नगरपालिकामा सम्पन्न भएको छ । प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय महिला शसक्तिकरण कार्यक्रम अन्र्तगत व्यबसायिक पशुपालन सम्बन्धि ७ दिने सिप बिकास तालिम सञ्चालन गरीएको थिायोे । सामाजिक बिकास कार्यालयको आयोजनामा तालिम सञ्चालन गरीएको थियो । आर्थीक रुपमा पछाडि पारीएका महिलाहरुको लागी समान अबसर अधिकार समानुपातिक अर्थपुणर् प्रतिनिधित्व र आर्थीक शसक्तिकरण सहित सिप तथा क्षमता अभिबृद्धि गर्न, आर्थिक रुपले पछाडि परेका महिलालाइ व्यवसायिक ज्ञान सिप र क्षता सहित स्वरोजगार हुन अभिपे्ररीत गर्ने उदेश्यले तालिमको आयोजना गरीएको हो ।
सामाजिक बिकास कार्यालयका प्रमुख बिर बहादुर धामीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समितीका प्रमुख नर बहादुर बोहरा रहनु भएको थियो । कायृक्रममा बोल्दै सामाजिक बिकास कार्यालयका प्रमुख बिर बहादुर धामीले तालिम पश्चात पनि तालिमको प्रभाब हेर्नकोे लागी अनुगमन गरीने भएकाले तालिममा नै सीमीत नराखेर परीवर्तन आउने गरी काम गर्नुपर्ने बताउनुभयो । ७ दिन सम्म सञ्चालन भएको तालिममा व्यबसायिक पशुपक्षि पालन सम्बन्धि प्रशिक्षण जयपृथ्बी नगरपालिका कृषि शाखा प्रमुख रामचन्द्र जोशीले दिनुभएको थियो । भने कार्यक्रमको सञ्चालन सामाजिक बिकास कार्यालयका अभियान्ता गोबिन्द सार्किले गर्नुभएको थियो ।
तालिममा जयपृथ्बी नगरपालिकाका ११ वटै वडाका २० वटा व्यबसायिक महिलाहरुको सहभागीता रहेको थियो । तालिम पश्चात सहभागीहरुलाइ प्रतिव्यक्ति २० हजारका दरले बिउ पुजी अनुदान समेत दिइने कार्यालय प्र्रमुख धामीले बताउनुभयो । उक्त कार्यक्रमहरु जिल्लाका १२ वटै पालिकामा भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1325