२५ मंसिर २०८१, मंगलवार
अहिलेका व्यस्त गीतकार घिमिरेको ‘सान्बाबु’ले दर्शकको मन जित्दै
सुनिता आर्गी – काठमाडौँ
रोहित घिमिरेको ’सान्बाबु’ चर्चाको बटुल्दै (भिडियो सहित)
रोहित घिमिरेको ’सान्बाबु’ले लोकप्रियता कमाउँदै आएको छ ।
गीतकार रोहित घिमिरेको ‘सान्बाबु’ले अहिले चर्चाको बजारमा निकै लोकप्रियता कमाई रहेको छ । एक दशकको गिती लेखन यात्रामा कारीब ३ दर्जन भन्दा बढी गीतहरु रेकर्डिङ गराई सकेका गीतकार घिमिरे अहिलेका व्यस्त गीतकारमा पर्छन । सङ्गीतकार सिएल शर्मा सङ्गको सहकार्यमा उनले थुप्रै गीतहरु रेकर्डिङ गरी सकेका छन् र केहि रेकर्डिङ हुँदै छन ।
अन्जु पन्त, रचना रिमाल, अस्मिता अधिकारी, प्रतिमा केसी, प्रबिण बेडवाल, रवि शर्मा, शिव परीयार, प्रताप दास, प्रमोद खरेल, स्वरुप राज आचार्य, राग पौडेल लगायत चर्चित गायक÷गायिका सङ्ग काम गरी सकेका घिमिरेका अझै उत्कृष्ट गीतहरु रेकर्डिङ हुने तर्खरमा छन् ।
करीब ६ महिना अघी रेकर्डिङ सकिएको घिमिरेको रचना तथा सङ्गीतकार सिएल शर्माद्वारा सङ्गीतवद्ध गीतमा पछिल्लो समयक निकै हलचलमा आएकी गायिका प्रतिमा केसी र चर्चित गायक प्रबिण बेडवालले स्वर दिएको ‘ सान्बाबु’ बोलको गीत सार्वजनिक भैसकेको छ । गीत सार्वजनिक भएको छोटो समयमै पनि यो गीतले लोकप्रियता जमाएको छ । सञ्जीव बराईलीको एरेन्जर र गिटार कार्य रहेको यस गीतमा किशोर थापाको मिक्स मास्टरिङ् रहेको छ ।
प्रकाश धितालले निर्देशन गरेको यस गीतको भिडियोमा केकी अधिकारी र उमेश भट्टको रोमान्स देख्न सकिन्छ ।
त्यस्तै,उत्सव दाहालले छायांकन गरेको गाीतको भिडियो सम्पादन विकास दाहालले गरका हुन् । म्यूजिक भिडियोलाई डिभाइन म्युजिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । यो गीतको चर्चा सङ्गै गीतकार घिमिरेको लेखनले अझै उचाइ पाउने कुरामा कुनै दुइ मत देखिन्न ।