२६ कार्तिक २०८१, सोमबार
छबिसपाथिभेरा गाउँपालिकाको ११ औँ गाउँसभा( हिउँदे अधिवेशन ) सम्पन्न
शिवजी मण्डेल , बझाङ – बझाङको छबिसपाथिभेरा गाउँपालिकाको ११ औँ गाउँसभा( हिउँदे अधिवेशन ) सम्पन्न भएको छ । लैङ्गकि समानता तथा सामाजिक समावेशीकरण लगायतका ६ वटा गौरवका नितिहरू पारित गर्दै पालिकाको ११ औँ गाउँसभा (हिउँदे अधिवेशन) सम्पन्न भएको हो ।
मंगलबार सम्पन्न गरिएको ११औँ अधिवेशनबाट लैङ्गकि समानता तथा सामाजिक समावेशीकरण२०७९, बालविवाह अन्त्यका लागि गाउँपालिका स्तरीय कार्ययोजना २०७९, विपद व्यवस्थापन गर्न बनेको विपद राहत सम्बन्धि मापदण्ड २०७९ निति पारित गरिएको गाउँपालिका प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष करनजंग बहादुर सिंहले बताउनुभयो ।
त्यस्तै उनका अनुसार स्वयंसेवक शिक्षक व्यवस्थापन कार्यविधि २०७९, जनशिक्षा नियमावली २०७५ पहिलो संशोधन २०७९ र हाटबजार निर्देशिका २०७९ निति गाउँसभाबाट पारित गरिएको छ।
कार्यक्रममा विभिन्न शिर्षकमा याेजना तथा कार्यविधि सम्वन्धि उपाध्यक्ष लक्षिमन बाेहराले प्रस्तुति राख्नु भएको हाे ।
गाउँपालिकाका लेखापाल मुकेश कुमार थापाले हाल सम्म गाउँपालीकामा भएकोकाे बेरुजु र तिर्नु पर्ने याेजनालाई सभामा राख्नु भएको थियोे । साथै उनले अधिवेशन कार्यक्रम सञ्चालन पनि गरेका हुन् । बेरुजु सम्वन्धि प्रस्तुति राख्दै,करिव ७ लाख तिर्नु पर्ने र बाँकी हिसाप फ्रचेउट गर्नु पर्ने देखिएकाे भन्दै, हामी नयाँ जनप्रतिनिधि भएको कारण सबैलाई सचेत हुन र आगामी दिनमा कसैले पनि बेरुजु आउने काम नगर्न आग्रह गर्नु भयाे ।
गाउँपालिका अध्यक्ष चलाउनेले गाउँसभामा गाउँपालिका र वडा कार्यालयबाट विनियोजन गरेको बजेट काम नभएसम्म सम्पन्नको सिफारिस नदिन निर्देशन दिनु भएको छ । स्वयं आफै गएर योजना अनुगमन गरि काम सम्पन्न भएको भए मात्रै सिफारिस दिन उनलेे वडा प्रतिनिधिहरूलाई निर्देशन दिएका हुन् ।
गाउँसभामा वडाध्यक्षहरूले आआफ्नो धारण राख्नु भएको थियोे । सभामा बोल्दै सबै जनप्रतिनिधिहरूले जनताको चाहाना र आवश्यकता अनुसार काम गर्नु बताएका हुन्।
गाउँसभामा सबैवडाका वडाध्यक्ष कार्यपालिका सदस्य, पालिकाका विषयगत शाखाका प्रतिनिधि पत्रकार लगायतको उपस्थिति रहेको थियोे ।