११ बैशाख २०८२, बिहीबार

बझाङमा एक महिला झुण्डिएको अबस्थामा मृत फेला
दिपक राज जोशी , बझाङ – बिहे गरेको एक महिना नबित्दै २१ वर्षीय महिलाले आत्महत्या गरेकी छन् । जयपृथ्वी नगरपालिका ७ खगेडामा रहेको आफ्नो माइतीघरको धुरीमा झुन्डिएको अबस्थामा फेला परेको हुन।
जिल्लाको जयपृथ्वी नगरपालिका ७ मा करिब २१ वर्षिया महिला बिहान झुन्डिएको अबस्थामा फेला परेकी हुन् ।जयपृथ्वी नगरपालिका को खगेडामा माइतीघर भएकि सरस्वती रोकाया ( सरु ) झुन्डिएको प्रहरी स्रोतले जनाएको छ ।
मृतक रोकाया यहि मङ्सिर १५ गते छबिसपाथिभेरा गाउपालिकाको ४ नम्बर वडा मा बिबाहबन्धन मा बाधिएकी थिईन ।
अहिले जिल्ला प्रहरी कार्यलय बझाङको टाेली घटनास्थलमा थप अनुसन्धानको लागि खटिएको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1