तलकोटमा जारी नि:शुल्क स्वास्थ्य शिविर बाट आज मात्रै १ सय ४१ जनाले लिए सेवा

सेयर गरौं


उत्तमकुमार थापा बझाङ !
तलकाेट गाउँपालीका वडा नम्बर ७ बडिगाउँकाे आयाेजनामा सञ्चालन गरिएको नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन भएको आज दुई दिन बितेकाे छ ।

जनताको स्वास्थ्य लाई मध्यनजर राख्दै वडा कार्यालयले बृहत स्वास्थ्य शिविर सञ्चालन गरेको स्वास्थ्यकर्मी लाेकेन्द्र कठायतले बताउनु भयाे । दाेस्राे दिन आज तलकाेटकाे धामी गाउँमा सञ्चालन गरिएको शिविरमा १४१ जनाले सेवा लिएका छन । सेवा लिनेमा महिला ९९ पुरुष ४० र भिडियो ऐक्स-रे १९ जनाले सेवा पाउनुका साथै अपांग २ जना सिफारिस हुनुभएको वडा अध्यक्ष लक्ष्मण बिष्टले बताउनु भयाे ।

यहीँ २६ गते बाट सञ्चालन गरिएको स्वास्थ्य शिविर यहीँ २८ गते सम्म सञ्चालन गरिने भएको छ । वडा नम्बर ७ गाउँपालीकाकाे सबैभन्दा दुर्गम वडा भएको कारण स्वास्थ्य सेवा सहित बृहत शिविर सञ्चालन गरिएको वडा अध्यक्ष बिष्टले बताउनु भयाे । आगामी दिनमा जनताको सेवामा निरन्तर गरिरहनु भएको छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1263