२५ मंसिर २०८१, मंगलवार
बझाङको केदारस्युँ गाउँपालिका प्रशासनिक भवनको पालिका अध्यक्ष बोहराद्वारा शिलन्यास
बझाङ
बझाङको केदारस्युँ गाउँपालिकाको प्रशासनिक भवनको शिलन्यास गरिएको छ । बुधवार पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारी केदारस्युँ गाउँपालिका वडा नम्बर १ देउरामा गाउँपालिका अध्यक्ष गणेश बोहराले पालिकाको प्रशासनिक भवनको शिलन्यास गर्नु भएको हो ।
भवन शिलन्यास कार्यक्रममा निर्वतमान पालिका अध्यक्ष ईन्द्र भण्डारी, पालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम राज उपाध्याय, वडा अध्यक्षहरु र पालिकाका कर्मचारी, देउरा बजार व्यबस्थाप समिति अध्यक्ष र स्थानीयहरूको उपस्थितिमा पालिकाको प्रशासनिक भवनको शिलन्याश गरिएको गाउँपालिका अध्यक्ष बोहराले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
1
+1