२५ मंसिर २०८१, मंगलवार
थलारा गाउँपालिकाको १० औं गाउँसभा तथा (हिउँदे अधिवेशन ) समुद्घाटन
बझाङ, थलारा
थलारा गाउँपालिकाको १० औं गाउँसभा तथा (हिउँदे अधिवेशन ) शुक्रबारदेखि सुरु भएको छ ।
गाउँपालिका अध्यक्ष प्रकाश रोकायाको अध्यक्षतामा १० औं गाउँसभा तथा (हिउँदे अधिवेशन )शुक्रबार बाट पालिकाको सभाहलमा सुरु भएको हो ।
गाउँसभा तथा हिउँदे अधिवेशनमा विभिन्न प्रस्तावमाथि छलफल गरिएको छ ।
गाउँपालिकाको आर्थिक वर्ष २०७८/७९ को प्रारम्भिक म.ले.प प्रतिवेदन माथि छलफल ,गाउँपालिकाको निर्णय , अधिकार वा आदेशको प्रमाणिकरण सम्बन्धि नियमावलीमाथि छलफल, समपुरक बजेट बाडफाँड सम्बन्धमा छलफल, प्लाष्टिक बोत्तल प्याकेड कच्ची रक्सी बन्द गर्ने सम्बन्धमा छलफल ,ढुङ्गा गिट्टी तथा बालुवा उत्खनन कार्यलाई रोयल्टी बापत व्यवस्थित गर्ने सम्बन्धमा छलफल,बजेट तथा कार्यक्रम संशोधन तथा रकमान्तर सम्बन्धमा छलफल र विविध प्रस्तावहरूमाथि छलफल गरिएको हो ।
वडाध्यक्ष कार्यपालिका सदस्यहरूले विभिन्न सवालहरू राख्नु भएको थियोे , ति सवालहरूमा गाउँपालिका अध्यक्ष रोकाया उपाध्यक्ष रामबहादुर खाती र प्रमुख प्रशासकीय अधिकृत सिद्धराज पण्डितले जवाफ सहित प्रस्ट पार्नु भएको थियोे । सो कार्य सकियसँगै गाउँसभा अधिवेशन भोलिसम्मका लागि रोकिएको छ। भोलि बिहान ११ बजेदेखि पुनः गाउँसभा अधिवेशन सुरु हुने पालिकाले जनाएको छ ।
गाउँसभामा गाउँपालिका कार्यपालिका सदस्यहरू ९ वटै वडाका वडाध्यक्षहरू वडा सदस्य सचिवहरू पत्रकारको लगायतका उपस्थिति रहेको थियोे ।