छबिसपाथिभेरा गाउँपालिकाको कोटचौघानपाटा स्वास्थ्यचौकीमा एकदिने निःशुुल्क आँखा उपचार (मोतिबिन्दु सम्बन्धि ) शिविर सम्पन्न,३ सय १८ जनाले लिए सेवा

सेयर गरौं

बझाङ – बझाङको छबिसपाथिभेरा गाउँपालिकाको कोटचौघानपाटा स्वास्थ्यचौकीमा एकदिने निःशुुल्क आँखा उपचार (मोतिबिन्दु सम्बन्धि ) शिविर सम्पन्न भएको छ ।
छविसपाथिभेरा गाउपालिकाको आयोजना र नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल कैलालीको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविर सम्पन्न भएको हो । शिविरबाट ३ सय १८ जनाले सेवा लिएको स्थानीय पशुपति खत्रीले जानकारी दिइन् । सेवा लिएका मध्ये २७ जनामा मोतिबिन्दुको(Cataract) समस्या देखिएको छ ।
कोटचौघानपाटा स्वास्थ्यचौकीबाट वडा नम्बर २,३,४ र ५ का जनताले सेवा लिएका हुन् ।

त्यस्तै बिहीबार लेकगाउँ स्वास्थ्य चौकीमा एकदिने निःशुुल्क आँखा उपचार (मोतिबिन्दु सम्बन्धि ) शिविर सम्पन्न भएको थियोे ।
उक्त शिविरबाट ३ सय २५ जनाले सेवा लिएका थिए , भने २२ जनामा मोति बिन्दुको (Cataract) समस्या देखिएको थियोे ।
उक्त स्वास्थ्यचौकीमार्फत वडा नम्बर ६, ७ र स्वास्थ्य चौकी नजिक रहेका दुर्गाथलि गाउँपालिका जनताले पनि सेवा लिएका थिए ।

पौष ३० गते शनिवार वडा नम्बर १ का जनताका लागि मटेला स्वास्थ्यचौकी बगडगाउँमा एकदिने निःशुुल्क आँखा उपचार (मोतिबिन्दु सम्बन्धि ) शिविर हुने भएको छ ।

पालिकाले पौष २४ गते एक सूचना जारी गर्दै पालिकाका ३ वटा स्वास्थ्य चौकीमा मार्फत सबै जनता समेटिने गरि एकदिने निःशुुल्क आँखा उपचार (मोतिबिन्दु सम्बन्धि ) शिविर सञ्चालन हुनलागेको जनाएको थियोे । सोही सूचना अनुसार शिविर सञ्चालन भइरहेको छ ।

पालिकाका विभिन्न ठाउँका जनता आँखाको मोतिबिन्दु सम्बन्धि समस्या भएका हुनसक्ने र आयस्तर कमजोर भएका कारण उपचार गराउन नसकेका जनतालाई राहत प्रदान गर्नका लागि शिविर सञ्चालन गरिएको पालिकाले जनाएको छ ।

३ वटै स्वास्थ्य चौकीबाट मोति बिन्दुको (Cataract) समस्या भएका बिरामीको विवरण संकलन गरिने र उनीहरुको यहीँ माघ महिना भित्रै पुनः निःशुल्क शिविर सञ्चालन गरि उपचार गरिने गाउँपालिका अध्यक्ष चलाउनेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212