शिक्षक बाेहराकाे समुहद्वारा भुवा भस्साे खेल्ने समूहलाई १० थान तरवार हस्तान्तरण

सेयर गरौं

पवन बाेहरा – बझाङ

सुदूरपश्चिमको साँस्कृतिक ‘भुवा’ पर्व बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर ८ मा शुक्रबार समापन गरिएकाे छ ।
भुवा पर्वकाे समापन कार्यक्रमकाे अवसर पारि शिक्षक धुर्व बाेहराकाे नेतृत्त्वमा तीन जना द्वारा भुवा भस्साे खेल्ने समूह लाई १० थान तरवार र १० थान टाेपी हस्तान्तरण गरिएकाे छ ।
पुर्णिामाकाे दिन भुवा जगाउने,आउसिकाे दिन भुवा जलाउने र द्वित्तियाकाे दिन दशै तिहारकाे टीका जमरा लगाएझै चिउडा पिठाय लगाउने परम्परा सहित याे पर्वकाे सुरूवात गरिन्छ ।
महाभारतको कथा, पाण्डव र कौरवको युद्ध गाथामा आधारित भुवा पर्वलाई स्थानीयले ‘भस्सो’ पनि भन्ने गरेका छन्।

दमाहाको तालसँगै एक हातमा तरबार र अर्को हातमा ढाल नचाइने यो पर्वमा बझाङका गाउँबेसीमा युद्धकालीन कौशलताको झल्को दिने झाँकी प्रदर्शन हुन्छन्। भुवा पर्व विषेश गरी बझाङकाे केदारस्युँ गाउँपालिका लगाएत छिमेकी पालिकामा पनि प्रसिद्ध छ।
शुक्रबार केदारस्युँ गाउँपालिका वडा नम्बर ८ मा पुरानै रिवाजमा रहि भुवाखाडाेमा हतियारकाे पुजा गरि देउताकाे नाममा बलि दिई पुजा-अर्चना गरि भुवा पर्वकाे समापन गरिएकाे केदारस्युँ गाउँ पालिका वडा नम्बर ८ सुकानाउलाका स्थानीय नरे बाेहराले बताउनु भयाे ।

उहाँका अनुसार भुवा पर्वकाे समापन कार्यक्रमकाे अवसर पारि केदारस्युँ गाउँपालिका वडा नम्बर ८ सुकानाउला घर भई हाल केदारस्युँ गाउँपालिका वडा नम्बर ६ मा अबस्थित चन्द्राेदय माध्यमिक बिध्यालयमा अध्यापन गराउदै आई रहेका शिक्षक धुव्र बाेहराकाे नेतृत्त्वमा केदारस्युँ गाउँपालिका वडा नम्बर ८ भण्डारका चन्द्राेदय माध्यमिक बिध्यालयका सेवानिवृत शिक्षक हाल धनगढी बसाेवास गर्ने नवराज जाेशि र केदारस्युँ गाेँपालिका वडा नम्बर ८ भण्डार घर भई हाल कन्चनपुर बसाई अहिले प्रवाश भारतकाे चेन्नै बाट केशबराज जाेशी गरि तिनै जनाकाे समूह द्वारा १० थान तरवार र १० थान टाेपि उक्त भुवा भस्साे खेल्ने समूहलाई हस्तान्तरण गरेका हुन ।
शिक्षक बोहराले पुरानाे रितीरिवाजहरू लाेप हुँदै गएकाले यसकाे जगेर्ना गर्न कसैकाे त्यति चासाे नरहेकाे हुँदा याे कला संस्कृतिकाे संरक्षण र सम्बर्द्धन गर्न अबका पिडिहरूले केही सिकुन भन्ने हितुते उक्त सामाग्री वितरण गरेकाे बताउनु भयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
13
+1
1
+1
0
+1
1
+1
1
+1
6
+1
0
पवन बोहरा
पवन बोहरा
Articles: 35