सुदूरपश्चिममा सभामुखको निर्वाचन आज साँझ ६ बजे हुने

सेयर गरौं

धनगढी –सुदूरपश्चिम प्रदेशको सभामुखको निर्वाचन शनिवार साँझ ६ बजे हुने भएको छ।  प्रदेश सभाका ज्येष्ठ सदस्य शिवराज भट्टले बोलाएको सर्वदलीय बैठकले शनिजार (आज) साँझ ६ बजे निर्वाचनको समय निर्धारण गरेको हो।

सभामुखका लागि माओवादी केन्द्रका भीम भण्डारी र काँग्रेसका मानबहादुर रावल उम्मेदवार छन्। बिहीवार दुबैले बहुमत ल्याउन सकेनन्। शुक्रवार पुन निर्वाचन गर्ने भनिएकोमा स्थगित गरिएको थियो। शुक्रवार दिनभर बैठक बस्न सकेन।

प्रदेश सभाको सचिवालयले अर्को सूचना सार्वजनिक नभएसम्मका लागि सभा स्थगित गरिएको थियो। शनिवार बिहानको बैठकले आज साँझ ६ बजे निर्वाचन गर्ने सहमति गरेको हो।  सुदूरपश्चिममा ५३ जना प्रदेश सभा सदस्यछन्। सभामुख निर्वाचित हुन २७ जना प्रदेश सभा सदस्यको मत आवस्यक हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1203