थलारा गाउँपालिकाको १० औं गाउँसभा तथा (हिउँदे अधिवेशन) सम्पन्न

सेयर गरौं

बझाङ – थलारा

बझाङको थलारा गाउँपालिकाको १० औं गाउँसभा तथा( हिउँदे अधिवेशन) सम्पन्न भएको छ।
थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकायाको अध्यक्षतामा शुक्रबारदेखि सुरु भएको १० औं गाउँसभा तथा (हिउँदे अधिवेशन ) सम्पन्न शनिबार दोस्रो दिन सम्पन्न भएको हो ।
१० औं गाउँसभा तथा हिउँदे अधिवेशनमा गाउँपालिकाको आर्थिक बर्ष २०७८/०७९ को प्रारम्भिक महालेखा परिक्षकको प्रतिवेदन माथि छलफल गरि देखिएको बेरुजु फर्यौट कार्यलाई प्राथमिकता दिने तथा आगामी दिनहरूमा बेरुजु पढ्न नदिन आवश्यक कार्ययोजना सहित अगाडि बढ्ने निर्णय गरिएको छ ।

गाउँपालिकामा प्लाष्टिक बोतलमा प्याक भएर आउने मदिरालाई पूर्णरूपमा नियन्त्रण गर्ने निर्णय गरिएको छ ।

गाउँपालिका भित्रका विभिन्न नदि खोला नाला लगायत अन्यन्त्र ठाउँबाट उत्खनन हुने ढुङ्गा गिट्टी तथा बालुवाको अनियन्त्रित उत्खननलाई नियन्त्रण गरि, अनियन्त्रित उत्खननका कारण सिर्जना हुने बाढी पहिरो लगायतको प्राकृतिक प्रकोपका घटनालाई न्युनिकरण गरि बाताबरण संरक्षण गर्न सडकबाट उत्खनन हुने ढुङ्गा गिट्टी उत्खनन कार्यलाई पूर्णरूपमा निषेध गर्ने र अर्को व्यवस्था नभएसम्मको लागि उल्लेखित सामाग्रीहरू उत्खनन गरेवापत रोयल्टी उठाउने निर्णय गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज पण्डितले बताउनु भयो ।

त्यस्तै गाउँसभामा आवश्यक विधेयकहरू पारि गरिएको छ ।

अधिवेशनमा गाउँपालि गाउँपालिका उपाध्यक्ष रामबहादुर खाती , ९ वटै वडाका वडाध्यक्षहरू , कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212