छबिसपाथिभेरा गाउँपालिका-७ मा कच्ची मदिरा बनाउने भट्टी भत्काउन सुरु ,२ सय १० लिटर कच्ची मदिरा बरामद गरि नष्ट

सेयर गरौं

बझाङ

बझाङको छबिसपाथिभेरा गाउँपालिका -७ मा कच्ची मदिरा बनाउने भट्टी भत्काउन थालिएको छ । छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ७ बुड्खोरीमा नवगठित सन्देश स्मृति क्लबले वडा कार्यालय र बिसौना प्रहरी चौकीसंग सहकार्य गरेर कच्ची मदिरा बनाउने भट्टी भत्काउने अभियान थालेको हो ।

बुधबार बुड्खोरी टोलमा अवैधरुपमा सञ्चालित कच्ची मदिरा बनाउने भट्टीहरू भत्काइएका छन्, भने २ सय १० लिटर कच्ची मदिरा बरामद गरि नष्ट गरिएको क्लबका अध्यक्ष प्रकाश धामीले जानकारी दिनु भयो ।
साथै उनका अनुसार कच्ची मदिरा मनाउने भाँडा बर्तन पनि क्लबले नियन्त्रणमा लिएको छ ।

उक्त कच्ची मदिरा बनाउने भट्टी भत्काउन अभियानमा वडाध्यक्ष बिजय बहादुर धामी , बिसौना प्रहरी चौकी इन्चार्ज गणेशदत्त भट्ट, नेकपा का जिल्ला सेक्रेटरी प्रविन सि , वडा पहिला सदस्य हर्का धामी , अन्जना बोहरा , र ५० जना बढी जनसमुदायको उपस्थिति रहेको थियोे ।

गाउँटोलमा मदिरा र जुवातासले नराम्रो असर परेको भन्दै उक्त रोकथाम तथा नियन्त्रण गर्नका लागि पुष २ गते शनिबार सन्देश स्मृति क्लब गठन गरिएको थियोे । उक्त क्लबले केही समय पसलमा राखिएको मदिरा बिक्रीवितरण गरिसक्नुपर्ने र त्यसपछि नल्यान दिने निर्देशन पनि दिएको थियोे ।
मदिरा तथा जुवातासले महिला माथि पनि विभिन्न घरेलु हिंसाहरू भइरहका हुन्छन् जाँडरक्सी तथा जुवातासलाई नियन्त्रण गर्न सके विभिन्न हिंसाहरूबाट महिलाहरू जोगिन सक्ने अपिक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
1
+1
0
+1
0
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212