२५ मंसिर २०८१, मंगलवार
थलारा गाउँपालिका-८ मा वडा स्तरीय १ दिने विपद जोखिम व्यवस्थापन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न
बझाङ
बझाङको थलारा गाउँपालिका-८ मा वडा स्तरीय १ दिने विपद जोखिम व्यवस्थापन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
युनाइटेड मिसन टु नेपालको सहयोग र प्रगतिशील युवा समाजको आयोजनामा वडा स्तरीय १ दिने विपद जोखिम व्यवस्थापन सम्बन्धि अभिमुखिकरण कार्यक्रम वडा कार्यालय सायरमा शुक्रबार सम्पन्न भएको हो ।
वडामा गठित वडा स्तरीय विपद जोखिम व्यवस्थापन समितिका पदाधिकारीलाई विपद सम्बन्धि अवधारणा , विपदका कारण , विपद न्युनिकरणका उपायहरू र स्थानीय तहको भुमिका बारेमा जानकारी गराउन अभिमुखिकरण कार्यक्रम गरिएको विपद जोखिम व्यवस्थापन परियोजनाकि फिल्ड सहजकर्ता निर्मला भण्डारीले बताइन् ।
वडाध्यक्ष तथा वडा स्तरीय विपद जोखिम ब्यवस्थापन समितिका संयोजक टिकाराज जोशीको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियोे , भने कार्यक्रमको सहजीकरण विपद जोखिम व्यवस्थापन परियोजनाका फिल्ड सुपर भाइजर पदम बिष्टले गर्नु भएको थियोे ।
कार्यक्रममा वडा स्तरीय विपद जोखिम ब्यवस्थापन समितिका पदाधिकारी सुरक्षाकर्मी जनप्रतिनिधिको उपस्थिति रहेको थियोे ।