कार्यक्रम मुक्तक सागरमा वाचन टप १० मुक्तक

सेयर गरौं

मुक्तक

१)
ज्ञान, बुद्धि,विवेक र दक्षता,भएर के गर्नु ?
पैसा छैन काम गर्ने क्षमता, भएर के गर्नु ?
छ न त छ नि हाकिम हुने ,योग्यता मसँग
आफ्नो मान्छे छैन योग्यता,भएर के गर्नु ?
दिल कुमार प्रेमी खोटाङ

२)
दिनप्रति दिन आउलान, कुरा लागाउलान ।
नराम्रो सिकाउनलाई त मन्त्र, पूरा लगाउलान ।
यहाँ आफ्नैकोत विश्वास छैन अरुको के कुरा,
रुखमा चड्न लगाइ फेदमा, छुरा लगाउलान ।
✍️ राजन मण्डेल
( बझाङ )

३)
मलाई माया गर्ने, मनपर्ने जति गाउँमै छुटे
सम्झनाले मुटु पोल्छ भतभती, गाउँमै छुटे
म खुशी खोज्दाखोज्दै परदेश सम्म पुगें
मेरा भगवान, बाआमा श्रीमती, गाउँमै छुटे ।
जगत थापा बझाङ

४)
कति लाउनु छ र कति खानु छ र हतार गरेर!
रित्तै जानु छ आखिर के नै लानु छ र हतार गरेर!!
आउनुहोस् बसौं एकैछिन् थकाइ मारेर जाउँला,
फेरि मृत्यु भन्दा पर कहाँ जानु छ र हतार गरेर!!
छवि किरण अधिकारी
बागचौर नगरपालिका
१० पिपलनेटा सल्यान

५)

भनीछैन म भन्दा असल अरु भाषण मात्रै गर्छन्
आएर जनताको सामु बरु भाषण मात्रै गर्छन्
बिकासको लर्को ल्याउछु बिश्वास दिलाई जान्छन्
अनि काम गर्दैनन नेताहरु भाषण मात्रै गर्छन्
उमेश कुमार बिश्वकर्मा सागर
नरहरिनाथ गा:पा २ कालिकोट

६)
सिसा जस्तै भाग्य पनि फुटि सकेछ
उसको मेरो साथ अब छुटि सकेछ
म पो आएर आज घर न घाटको भएछु
भुपुमायाको अन्तै सम्बन्ध जुटि सकेछ
प्रकाश महरा मुक्तक प्रेमी सुर्नया गाऊपालीका 4 मल्लि चाडी बैतडी घर भई हाल भारतको पंजाब बाट

७)
ब्यापार गर जडिबुटी ताेल बिदेश जानु पर्दैन
गाइ बाख्रा पाल हाेटल खाेल बिदेश जानु पर्दैन
देशमा केहि राेजगार छैन भन्दै हिडनु भन्दा
बारिमा खेर गएकाे मैकै पाेल बिदेश जानु पर्दैन
Karendra Japrel
ठेगाना:दुर्गा थलि गाउपालिका वडा नम्बर पाच भलाने बझाङ

८)
यो धर्ती अनि आकाश जोड्न कहिँले सकिएला
जात ब्यवस्थाको पर्खाल फोड्न कहिँले सकिएला
मन भक्कानिन्छ हामीमाथि गर्ने विभेद देखेर
समाजलाई समानता तर्फ मोड्न कहिँले सकिएला?
साहित्य प्रेमी विक्रम तिरूवा सलिन
जुम्ला,नेपाल

९)
मनमा लागेको चोट बताउ कसरी तिमिलाई
नगरेको कामको खोट बताउ कसरी तिमिलाई
तिमी सधैं उहि कुरा खोचलछैउ रपो बाध्य हुन्छु
मरेको प्रेम काहानी बोट बताउ कसरी तिमिलाई

अनुप जोशी बैतडी पञ्चेश्वर हाल भारत

१०)
तिमी संग डरायको विज्ञापन दिन मन छ ।
आफै भित्र हरायको विज्ञापन दिन मन छ ।
तिमी लाई पाउछु पाउदिन थाहा छैन मलाई ।।
सोच्दै आँसु झरायको विज्ञापन दिन मन छ।
नामः एकल यात्रि प्रतिक उपाध्याय

ठेगानाः थलारा गा.पा. वडा न. ५ खुलम

छनोट संयोजक नरेश बिष्ट (निशान )
मुक्तक सागर परिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1061