हिउँदे वर्षा नहुँदा अन्नबाली सुकेर खडेरी पर्ने सम्भावना

सेयर गरौं

रुपक खड्का – बझाङ

माघको पहिलो हप्ता बित्दा समेत हल्का बर्षा तथा हिउँ नपरेपछि हिउँदे अन्नबाली सुकेर खडेरि पर्ने सम्भावना बढेको छ।
बझाङको मष्टा गाउँपालिका १ कोटदेबलको भ्वानी जिउलोमा बिगतको समयमा यतिबेला गहुँ समक्क भएर हरियाली हुन्थ्यो । गाउँका किसानहरु खेतबारीको बालीनालीको स्याहार सुसारमा लाग्थे तर यो बर्ष लामो समयसम्म पानी नपर्दा खेतबारीमा लगाएको गहु ,जहु ,मुसुरो तथा हिउदेबाली सुक्ने अबस्थामा रहेकाले किसानहरु निकै चिन्तित भएका छन् ।
३ सय घरघुरी रहेको कोटदेबल गाउँका बासिन्दाको बर्षभरी खानेगुजरा चलाउने यहि पाको जमिन नै हो।
सिचाइको सुबिधा नभएको र आकासको पानी समयमा नपर्दा छरेको बीउ समेत उत्पादन हुन नसक्ने अबस्थामा रहेको किसानको गुनासो छ। बिगतका बर्ष राम्रो उत्पादन हुँदा अन्न्नबाली बेचेर घरखर्च चलाउने त्यहाँका बासीन्दा यसबर्ष पानी र हिमपात नहुदा लगाएको बाली सुक्न थालेपछि बर्षभरीको छाक कसरी टार्न भन्दै स्थानीय सरकारलाई राहतको प्याकेजको पर्खाइमा छन् ।

कोटदेबल १ को डुम्राकोट घर भएका हास्या ओखेडा खेतीपालिमा धेरै खटिए पनि बर्षभरी खानलाउन नपुगेपछि ब्यबसाय तर्फ लागेका छन् । मुरि छरेर बोरा उमार्नका लागि आफुले धेरै मिहेनत गरेपनि खेतीबाट कुनै सीप नलागेपछि खुद्रा ब्यापारमा लागेर जेनतेन खाने गुजारा चलाएको बताए , उहाँले भने “विगतका वर्षमा समयमै हिमपात हुँदा गहुँ, जौ लगायतका बाली हरियो र डाँडा पाखा सेताम्य हुन्थे । यस वर्ष हिउँ पर्ने टुङ्गो छैन । आकाशे पानि पर्खिरहेको गहुँ, जौ खेतमै सुक्न थाल्यो । यतिका गाउँबासीको केही रोजगार छैन कसरी गुजारा चलाउन्लान यसमा स्थानीय सरकारले ध्यानाकर्षण गर्ने समेत जरुरी रहेको बताए ।

पछिल्लो समय भुक्षय ,डढेलो तथा जलवायु परिवर्तनको असरले गर्दा समयमै हिमपात नहुँदा किसान मर्कामा परेका छन् । कोटदेबल बासीको खेतीयोग्य जमिनमा हिउँदे बाली गहुँ, जौ र आलु आकाशे पानी र हिमपातको भरमा सिँचाइ गर्नुपर्ने बर्षा देखिको बाध्यता भएको र स्थानीय सरकारले उक्त जमिनको सिचाइ कुलोका लागि सुनुवाइ नभएको तिपुरे खड्काले बताए ।

वातावरण, वनजंगलमा बढ्दो अनियन्त्रित मानवीय गतिविधिले बझाङका अधिकाश क्षेत्रमा जलवायु परिवर्तनको असर निम्तिएको र यसको प्रत्यक्ष असर कृषि क्षेत्रमा परेको कृषि ज्ञान केन्द्र बझाङका अबकाश प्राप्त खडक खड्का बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1314