१५ आश्विन २०८०, सोमबार

हात्तीको आक्रमणबाट सिकिस्त महिलाको उपचारका लागि सहयोगको अनुरोध
कञ्चनपुर : जंगली हात्तीको आक्रमणबाट कञ्चनपुरको ढक्का शिविरकी अन्दाजी ५० वर्षीया ललु सार्की सिकिस्त भएकी छन्। उनको उपचारमा आर्थिक कठिनाइ भएकाले उनका पति गिरि सार्कीले सहयोगका लागि सबैसँग अनुरोध गरेका छन्।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आज खरखडाई (खर काटन)का लागि गएकी सार्कीलाई हात्तीले आक्रमण गरी घाइते बनाएको हो। उनलाई उपचारका लागि बेलौरीस्थित इशान मेमोरियल अस्पतालमा भर्ना गरिए पनि अवस्था गम्भीर हुँदा थप उपचारका लागि कैलालीको धनगढीतर्फ लगिएको छ।
हात्तीको आक्रमणबाट सिकिस्त सार्कीको शरीरको भित्री भागमा चोट लागेको चिकित्सकको भनाइ छ। घाइते सार्कीका पति गिरीले उपचारका लागि आर्थिक अभाव भएकाले सहयोग गरिदिन अनुरोध गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1