६ आश्विन २०८०, शनिबार

थलारा गाउँपालिका-८ मा वडा स्तरीय विद्यालय बालबालिका अतिरिक्त क्रियाकलाप कार्यक्रमको उद्घाटन
बझाङ -थलारा
बझाङको थलारा गाउँपालिका-८ मा वसन्त पञ्चमी’तथा सरस्वती पुजाको अवसर पारी वडा स्तरीय विद्यालय बालबालिका अतिरिक्त क्रियाकलाप कार्यक्रमको उद्घाटन गरिएको छ ।
थलारा गाउँपालिका वडा नम्बर ८ को आयोजनामा वसन्त पञ्चमी’तथा सरस्वती पुजाको अवसर पारी आयोजित वडा स्तरीय विद्यालय बालबालिका अतिरिक्त क्रियाकलाप कार्यक्रमको थलारा गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि प्रकाश रोकायाले शव्द वाचन गरि उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा सुरुमा बालबालिकालाई अक्षराम्भ गराइएको छ ।
वडाका बालबालिकाको क्षमता अभिवृद्धिका लागि वडा स्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप कार्यक्रमको आयोजना गरेको वडा कार्यक्रमले जनाएको छ ।
वडा भित्रका विद्यालय स्तरीय अतिरिक्त क्रियाकलाप ,रिले दौड , म्युजिकल चियर , चक्लेट दौड , हाइजम्प , लमजङ्प , हाजिर जवाफ , वक्तितृत्वकला , तथा नृत्य र बाहिर भित्र खेल रहेका छन् । उक्त कार्यक्रम दुई दिनसम्म चल्ने छ।
कार्यक्रममा वडाका भित्रका ४ वटा सरकारी र एउटा निजि गरि ५ विद्यालयको सहभागीता रहेको छ ।
प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुनेहरूलाई शैक्षिक सामाग्री वितरण गरिने वडा सचिव डिल्लीराज पाण्डेले बताउनुभएको छ ।
वडा अध्यक्ष टिकाराज जोशीको अध्यक्षतमा भएको कार्यक्रममा थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकाया प्रमुख अतिथि , उपाध्यक्ष रामबहादुर खाती इन्जिनियर संगीत रोकाया, विशिष्ठ अतिथि रहनु भएको थियो । अतिथिहरूमा वडाका निर्वाचित जनप्रतिनिधि सम्पूर्ण विद्यालय प्रधानाध्यापक शिक्षक रहनु भएको थियोे । कार्यक्रममा आम वडाबासीको बाक्लो उपस्थिति रहेको थियोे । कार्यक्रम सञ्चालन वडा सचिव पाण्डेले गरिरहनु भएको छ । कार्यक्रम इम्रल्ड इडन एकेडेमीको प्राङ्गणमा भइरहेको छ ।



