५ बैशाख २०८२, शुक्रबार

थलारा गाउँपालिका-८ मा वडा स्तरीय विद्यालय बालबालिका अतिरिक्त क्रियाकलाप कार्यक्रम सम्पन्न, प्रथम एमरल्ड ईडन एकेडेमी
बझाङ – थलारा
बझाङको थलारा गाउँपालिका-८ मा वडा स्तरीय विद्यालय बालबालिका अतिरिक्त क्रियाकलाप कार्यक्रम सम्पन्न भएको छ ।
थलारा गाउँपालिका वडा नम्बर ८ को आयोजनामा वसन्त पञ्चमी’तथा सरस्वती पुजाको अवसर पारी आयोजित वडा स्तरीय विद्यालय बालबालिका अतिरिक्त क्रियाकलाप कार्यक्रम शुक्रबार दोस्रो दिन एमरल्ड ईडन एकेडेमीको प्राङ्गणमा सम्पन्न भएको हो ।
वडाका बालबालिकाको क्षमता अभिवृद्धि र विद्यार्थीहरूको मुल्यांकन गर्नका लागि वडा स्तरीय विद्यालय बालबालिका अतिरिक्त क्रियाकलाप कार्यक्रमको आयोजना गरेको वडा सचिव डिल्लीराज पाण्डेले बताउनुभएको छ ।
कार्यक्रममा ,रिले दौड , म्युजिकल चियर , चक्लेट दौड , हाइजम्प , लमजङ्प , हाजिर जवाफ , वक्तितृत्वकला , तथा नृत्य र बाहिर भित्र खेल प्रतियोगितामा विद्यार्थी बिच प्रतिस्पर्धा गराइको थियोे ।
उक्त सबै प्रतिस्पर्धामा सबैभन्दा बढी अंकल प्राप्त गरि एमरल्ड ईडन एकेडेमी सायर प्रथम , दोस्रो अंकल प्राप्त गरि कालिका आधारभूत विद्यालय विस्खेत द्वितिय र शैलेश्वरी आधारभुत विद्यालय देवस्थली तृतीय भएका छन् । प्रथम ,द्वितीय र तृतीय विद्यालयहरूलाई प्रमाणपत्र र कार्यक्रममा राखिएका विभिन्न प्रतियोगितामा प्रतिस्पर्धी प्रथम,द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
समापन कार्यक्रममा बोल्दै वडाध्यक्ष जोशीले सामुदायिक विद्यालय भन्दा निजी विद्यालयको पठनपाठन राम्रो देखाएकोले सामुदायिक विद्यालयका शिक्षकहरू र विद्यालय व्यवस्थापन समितिले यसमा ध्यान दिनु पर्ने बताउनुभएको थियो । निजी जस्तै सरकारी विद्यालयमा पनि पठनपाठन हुनुपर्नेमा उहाँले जोड दिनु भएको हो ।
कार्यक्रममा वडाका भित्रका ४ वटा सरकारी र एउटा निजि गरि ५ विद्यालयको सहभागीता रहेको थियोे । जसमा एमरल्ड ईडन एकेडेमी निजी विद्यालय रहेको छ ।
वडा अध्यक्ष टिकाराज जोशीको अध्यक्षतमा भएको कार्यक्रममा थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकाया प्रमुख अतिथि , विशिष्ठ अतिथि उपाध्यक्ष रामबहादुर खाती ,इन्जिनियर संगीत रोकाया, भूपू वडा नम्बर ८ का वडाध्यक्ष दिलबहादुर सिंह रहनु भएको थियो । अतिथिहरूमा वडाका निर्वाचित प्रतिनिधि सम्पूर्ण विद्यालय प्रधानाध्यापक शिक्षक रहनु भएको थियोे । कार्यक्रममा आम वडाबासीको बाक्लो उपस्थिति रहेको थियोे ।
कार्यक्रम सञ्चालन वडा सचिव डिल्लीराज पाण्डेले गर्नु भएको थियोे भने सहजीकरण एमरल्ड ईडन एकेडेमीका प्रिन्सिपल दुग्देश्वर पाण्डेले गर्नु भएको थियोे ।


