६ आश्विन २०८०, शनिबार

कर्मचारी मिलन केन्द्र बझाङद्धारा जिल्लामा आउनु भएका प्रमुख जिल्ला अधिकारी पाण्डेयको स्वागत ,
तरुणा जोशी -बझाङ
कर्मचारी मिलन केन्द्र बझाङले जिल्लामा आउनु भएका प्रमुख जिल्ला अधिकारी पाण्डेयको स्वागत गरेको छ । कर्मचारी मिलन केन्द्र बझाङले जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमको आयोजना गदैे भर्खरै जिल्लामा आउनु भएका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको स्वागत गरिएको हो । कर्मचारी मिलन केन्द्र बझाङका अध्यक्ष शान्ती कुमारी अवस्थीको अध्यक्षतामा मिलन केन्द्रका पदाधिकारीहरुले स्वागत गर्नु भएको थियो ।
बझाङका सिडिओ बाबुराम अर्यालको इलाका प्रशासन कार्यालय चन्दौ्रटा कपिलबस्तुमा सरुवा भएपछि नयाँ सिडियोको रुपमा नारायण पाण्डे जिल्ला आउनुभएको हो । स्वागत कार्यक्रममा बोल्दै प्रजिअ पाण्डेयले जिल्लाका राजनीतिक दल ,सँघसस्था ,बुद्धिजीवी ,पत्रकार ,नागरिक समाज लगाएत सबै लागेर विकासमा जुट्नु पर्ने बताउनुभयो । साथै जिल्ला प्रशासनबाट प्रदान गरीने सेवालाइ छिटो छरीतो बनाउदै अगाढि लैजाने बताउनुभयो ।